गृहपृष्ठ नेप्से घट्दा पनि ४८ कम्पनीको मूल्य बढ्यो, सस्ता कम्पनी उठाउँदै लगानीकर्ता

नेप्से घट्दा पनि ४८ कम्पनीको मूल्य बढ्यो, सस्ता कम्पनी उठाउँदै लगानीकर्ता

सेयर बजार परिसूचक नेप्से घट्दा पनि मंगलबार ४८ कम्पनीका लगानीकर्ताले कमाएका छन् । १८५ कम्पनीको कारोबार भएको बजारमा मंगलबार लगानीकर्ताले सस्ता कम्पनीको सेयर उठाएका छन् । मंगलबार बढेका कम्पनीमध्ये १४ कम्पनीको सेयर मूल्य प्रतिकित्ता २०० रुपैयाँ भन्दा तल छ ।

व्यापार, होटल, उत्पादनमूलक र म्युचुअल फन्डबाहेक बाँकी सबै समूह ओरालो लागेपछि समग्र बजार परिसूचक नकारात्मक बनेको छ । गत साताभर र यो साताको पहिलो दिन आइतबार गरी करिब डेढ सय अंकले बढेको बजार अल्पकालीन लगानीकर्ताले नाफा बुक गरेका कारण घटेको हो ।

मंगलबार कुल ४९ लाख ७६ हजार ४८८ कित्ता सेयर १ अर्ब ८७ करोड २२ लाख रूपैयाँमा कारोबार भएको छ । एनआइसी एसिया लघुवित्त, श्रीराम सुगर मिल्स र समृद्धि फाइनान्सको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । मंगलबार हिमालयन डिस्टिलरीको १४ करोड २४ लाख, एनएमबी बैंकको १३ करोड ९७ लाख, नेपाल रिइन्स्योरेन्स कम्पनीको १२ करोड ४२ लाख, एनआइसी एसियाको ११ करोड ४४ लाख र नेपाल लाइफ इन्स्योरेन्सको १० करोड २६ लाख रूपैयाँबराबरको सेयर किनबेच भएको छ ।

प्रकाशित समय १६:१६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु