गृहपृष्ठ व्यवसाय गर्ने ग्राहकलाई सनराइज बैंकले ९‌‍.९५ प्रतिशतमा सरल एसएमई कर्जा दिने

व्यवसाय गर्ने ग्राहकलाई सनराइज बैंकले ९‌‍.९५ प्रतिशतमा सरल एसएमई कर्जा दिने

sunrise-newskarobar

सनराइज बैंकले ‘सनराइज सरल एसएमई कर्जा’ अन्तर्गत ९.९५ प्रतिशत वार्षिक ब्याज दरमा सरल एसएमई कर्जा दिने भएको छ ।

उद्यम तथा व्यवसाय सञ्चालन गर्न साना व्यवसायीलाई सहज ढंगले तत्कालै कर्जा उपलब्ध गराउने उद्देश्यले ९.९५ प्रतिशत वार्षिक ब्याज दरमा सरल एसएमई कर्जा दिने भएको हो ।

बैंकले ‘सनराइज सरल एसएमई कर्जा’ अन्तर्गत ग्राहकले एक करोडसम्मको कर्जा सहुलियत ब्याज दरमा प्राप्त गर्न सक्ने छन् । यस्तै बैंकले कर्जाको लागि प्रचलित धितो आवश्यकताको लागिसमेत केहि छुट प्रदान गर्नुका साथै यस्तो सुविधा उपयोग गर्ने व्यवसायसँग सम्बन्धित व्यक्तिहरुले निशुल्क क्रेडिट कार्डको सुविधा समेतको लाभ उठाउन सक्नेछन् ।

प्रकाशित समय १६:२१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु