गृहपृष्ठ एनसेलको ‘नयाँ सजिलो सिम’ अफर : पहिलो रिचार्ज र मेन ब्यालेन्स खर्च गर्दा डाटा बोनस
एनसेलको ‘नयाँ सजिलो सिम’ अफर : पहिलो रिचार्ज र मेन ब्यालेन्स खर्च गर्दा डाटा बोनस
एनसेलले आफ्नो नयाँ थिम ‘प्लस’अन्तर्गत आकर्षक नयाँ स्टार्टर प्याक ‘नयाँ सजिलो सिम’ल्याएको छ । यो सिम लिने ग्राहकले पहिलो रिचार्ज र प्रत्येक एक सय रुपैयाँ मेन ब्यालेन्स खर्चमा बोनस डाटा पाउँछन् ।
नयाँ ग्राहकहरुले करसहित मात्र ९९ रुपैयाँमा यो सिम लिन सक्छन् । यो योजनाअन्तर्गत ग्राहकले सिम लिँदा, पहिलो रिचार्ज गर्दा र पहिलो एक वर्षसम्म रिचार्ज गर्दा बोनस डाटा प्राप्त गर्छन् । यो नयाँ सिम लिँदा ग्राहकले २० रुपैयाँ मेन ब्यालेन्स, २०० एमबी डाटा र २० मिनेट अन नेट टकटाइम पाउँछन् । यसरी सिमसँगै बन्डल भएर आउने डाटा र टकटाइम ७ दिनको लागि मान्य हुनेछ ।
एनसेलका अनुसार यो नयाँ सिमको प्रमुख विषेशता भनेको सिम लिँदा पाइने थप बन्डल सेवा तथा सुविधा नै हुन् । ग्राहकले सिम लिएको दिनको भोलिपल्ट मध्यरात सम्ममा एकसय रुपैयाँ वा सोभन्दा बढीको पहिलो रिचार्ज गर्दा ५०० एमबी डाटा (२५० एमबी अलटाइम अल नेटवर्क र २५० एमबी फोरजी डाटा) बोनसस्वरुप पाउँछन् । यो डाटाको समयावधि ५ दिन रहनेछ ।
यसका साथै, ग्राहकले प्रत्येक एक सय रुपैयाँ मेन ब्यालेन्स खर्च गर्दा पहिलो एक वर्षसम्म २०० एमबी डेटा ((१०० एमबी अलटाइम अल नेटवर्क र १०० एमबी फोरजी डाटा) बोनस पाउँछन् । यसरी प्राप्त हुने बोनस डेटा ३ दिनका लागि मान्य रहन्छ ।
यो नयाँ सिम लिनका लागि पहिचान प्रमाणीकरणका निमित्त सकलसहित नागरिकता वा म्याद नसकिएको सवारी चालक अनुमतिपत्र वा राहदानीको फोटोकपी र पासपोर्ट साइजको फोटो एकप्रति आवश्यक पर्ने एनसेलले जनाएको छ ।
नयाँ थिम ‘प्लस’अन्तर्गत ‘नयाँ सजिलो सिम’ स्टार्टर प्याकको बारेमा आफ्नो उत्साह साट्दै एनसेलका चीफ कर्मसियल अफिसर प्रदीप श्रीवास्तवले ग्राहकहरुलाई डाटा सेवा प्रयोगको उत्कृष्ट अनुभव र त्यसको लाभ प्रदान गर्ने कम्पनीको प्रतिवद्धताअनुरुप सबै मोबाइल डाटा प्रयोगकर्ताका लागि नयाँ प्याक ल्याउन पाएकोमा हर्षित भएको बताएका छन् ।
नयाँथिम ‘प्लस’अन्तर्गत नै रही एनसेलले आफ्ना फोरजी ग्राहकका लागि आकर्षक ‘ननस्टप युट्युब प्लस’अफर, भ्वाइस सेवाको बढी आवश्यकता रहेकाका लागि ‘इन्डलेस कुराकानीप्लस’ र साथै ‘वायरफ्री प्लस वाइफाइ’ सेवाको बुकिङ पनि सुरु गरिसकेको छ । ‘प्लस’थिमले नवीन र विशेष सेवाहरुको साथ ग्राहकलाई हरेक पल जहाँ भए पनि सेवामा पहुँच सुनिश्चित गराउने उद्देश्य लिएको एनसेलले उल्लेख गरेको छ ।
प्रकाशित समय १७:३७ बजे

















