गृहपृष्ठ नेप्से १७ अंकले घट्दा होटल समूह ९ प्रतिशतले बढ्यो
नेप्से १७ अंकले घट्दा होटल समूह ९ प्रतिशतले बढ्यो
सेयर बजार परिसूचक नेप्से बुधबार १७ अंकले घट्दा होटल समूहका लगानीकर्ताको सम्पत्ति करिब १० प्रतिशतले बढेको छ । होटल समूहमा सूचीकृत चारमध्ये कारोबार भइरहेका तीन कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेपछि सो समूह ८.९९ प्रतिशतले बढेको हो ।
होटल र म्युचुअल फन्डबाहेकका सबै समूह ओरालो लागेपछि समग्र बजार परिसूचक नेप्से भने १७.५ अंकले घटेर १४३२.४४ अंकमा झरेको छ । कुल १८३ कम्पनीको ३५ लाख ८६ हजार कित्ता सेयर १ अर्ब ५३ करोड २५ लाख रूपैयाँमा किनबेच भएको छ ।
होटल समूहमा सूचीकृत चार कम्पनीमध्ये ओरियन्टल होटलको सेयर मूल्य १० प्रतिशत, तारागाउँ रिजेन्सीको ९.९५ र सोल्टी होटलको ९.४९ प्रतिशतले बढेको छ । याक एन्ड यति होटलको भने कारोबार भएको छैन ।
बुधबार एनआइसी एसिया लघुवित्तको सर्वाधिक १८ करोड १५ लाख र नेपाल रिइन्स्योरेन्स कम्पनीको १६ करोड २३ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।
प्रकाशित समय २१:०५ बजे

















