गृहपृष्ठ प्रभु बैंकको नायव कार्यकारी अधिकृत र प्रभु क्यापिटलको प्रबन्ध निर्देशकमा नयाँ नियुक्ति
प्रभु बैंकको नायव कार्यकारी अधिकृत र प्रभु क्यापिटलको प्रबन्ध निर्देशकमा नयाँ नियुक्ति
प्रभु बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा मणिराम पोखरेललाई नियुक्त भएका छन् । ८ वर्षसम्म हिमचुली विकास बैंकको सिइयोमा कार्यरत पोखरेललाई बैंकले नायव प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।
सन् १९९० बाट पोखरेलले बैंकिङ करियर सुरु गरेका पोखरेलले नबिल बैंकबाट जागिर सुरू गरेका थिए । त्यसपछि नेपाल एसबीआइ हुँदै नेपाल क्रेडिट एण्ड कमर्स बैंकमा काम गरेका थिए ।
प्रभु क्यापिटलको प्रबन्ध निर्देशकमा दिनेश थकालीलाई नियुक्त गरेको छ । ८१ करोड रुपैयाँ चुक्ता पुँजी भएको क्यापिटलमा उनलाई सञ्चालक समितिले प्रबन्ध निर्देशकमा नियुक्त गरिएको हो ।
प्रकाशित समय १४:३२ बजे

















