गृहपृष्ठ माछापुच्छ्रे बैंक र सिद्वार्थ बिजिनेश ग्रुप अफ हस्पिटालिटीबीच छुटसम्बन्धी सम्झौता
माछापुच्छ्रे बैंक र सिद्वार्थ बिजिनेश ग्रुप अफ हस्पिटालिटीबीच छुटसम्बन्धी सम्झौता
माछापुच्छ्रे बैंक र सिद्वार्थ बिजिनेश ग्रुप अफ हस्पिटालिटीबीच बैंकका ग्राहकहरुलाई छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा माछापुच्छ्रे बैंकका नायब महाप्रबन्धक सर्जु कुमार थापा तथा सिद्वार्थ बिजिनेश ग्रुप अफ हस्पिटालिटीका प्रमुख कार्यकारी अधिकृत कृष्ण न्यौपानेले हस्ताक्षर गरे ।
सम्झौताअनुसार अब माछापुच्छ्रे बैंकका ग्राहकहरूले सिद्वार्थ बिजिनेश ग्रुप अफ हस्पिटालिटी अन्तर्गतका देशका विभिन्न स्थानमा रहेका होटल, रेष्टुरेण्ट, रिसोर्ट तथा क्याफेले प्रदान गर्ने सेवाहरुमा १०% सम्मको छुट पाउनेछन् । बैंककोे डेबिट/क्रेडिट कार्ड तथा बैंकबाट जारी भएका अन्य कुनै पनि प्रकारका कार्डवाहकहरूले उक्त छुट प्राप्त गर्न सक्नेछन् ।
स्थापना कालदेखि नै नयाँ नयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहकमाझ ल्याउन कटिवद्ध माछापुच्छ्रे बैंकल १५९ शाखा, १३४ शाखारहित बैकिङ सेवा र ५ एक्सटेन्स काउण्टरसमेत गरी २९८ स्थानमा रहेका सेवा सञ्जाल तथा १९८ वटा एटीएम तथा १ हजारभन्दा बढी पीओएस (POS Machine)माार्फत ग्राहकहरुलाई अत्याधुनिक प्रविधियुक्त बैंकिङ सेवा प्रदान गरिरहेको छ ।
प्रकाशित समय १९:३४ बजे

















