गृहपृष्ठ नबिल बैंकको डेपुटी जनरल म्यानेजरमा मनोज ज्ञवाली नियुक्त
नबिल बैंकको डेपुटी जनरल म्यानेजरमा मनोज ज्ञवाली नियुक्त
नबिल बैंकले डेपुटी जनरल म्यानेजर(डिजिएम)मा मनोज ज्ञवालीलाई नियुक्त गरेको छ । ज्योति विकास बैंकको प्रमुख कार्यकारी अधिकृत(सिईओ) बाट राजीनामा दिएका ज्ञवालीलाई नबिल बैंकले डिजिएम पदमा नियुक्त गरेको हो ।
वैशाख ११ गते ज्ञवालीले दुई वर्ष कार्यकाल बाँकी छँदै ज्योति विकास बैंकको सिईओबाट राजीनामा दिएका थिए । वरिष्ठ चार्टर्ड एकाउन्टेन्ट ज्ञवालीले करिब पाँच वर्ष अधिकृत स्तरमा नेपाल राष्ट्र बैंकका विभिन्न विभागमा रहेर काम गरेका छन् । त्यस्तै ज्ञवालीसँग आठ वर्ष वाणिज्य बैंकमा, मर्चेन्ट बैंकिङ कम्पनीमा निर्देशक तथा प्रबन्ध निर्देशक रही दुई वर्ष र जलविद्युत क्षेत्रमा एक वर्ष काम गरेको अनुभव छ ।
प्रकाशित समय १६:०१ बजे

















