गृहपृष्ठ एक करोड २५ लाखको चेकसहित उपप्रबन्धक अख्तियारको नियन्त्रणमा

एक करोड २५ लाखको चेकसहित उपप्रबन्धक अख्तियारको नियन्त्रणमा

akhtiyar-newskarobar

नेपाल विद्युत प्राधिकरण ढल्केबर ग्रिड शाखा धनुषाका कार्यालय प्रमुख उपप्रबन्धक रितेश गुप्तालाई करिब सवा करोड रुपैयाँको चेकसहित अख्तियारले नियन्त्रणमा लिएको छ । अख्तियार अनुसन्धान आयोगका टोलीले गुप्तालाई एक करोड २४ लाख ९१ हजार १४५ रुपैयाँ २० पैसासहित पक्राउ गरेको हो ।

भुक्तानीका लागि आवश्यक पर्ने कागजात स्वीकृत नहुँदै कार्यालयअन्तर्गत सञ्चालित विभिन्न योजनाको भुक्तानी (पार्टी पेमेन्ट) दिन भन्दै अग्रिम चेक लिएर काठमाडौँतर्फ जाँदै गरेको भन्ने सूचनाका आधारमा उनी पक्राउ परेका हुन् । हस्तक्षर भइसकेका चेकसहित सम्बन्धित कागजातससित काठमाडौँ जाने क्रममा उनी सिन्धुलीको कमलाई नगरपालिका ९ बाट पक्राउ परेको प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए । गुप्तामाथि थप अनुसन्धन भइरहेको उनले बताए ।

प्रकाशित समय १०:२६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु