गृहपृष्ठ नेप्से ३७ अंकले बढ्यो, डेढ अर्बको कारोबार

नेप्से ३७ अंकले बढ्यो, डेढ अर्बको कारोबार

सेयर बजार परिसूचक (नेप्से) सोमबार ३७ अंकले बढेको छ । नेप्सेमा सूचीकृत म्युचुअल फन्डबाहेकका सबै समूह उकालो लागेपछि समग्र बजार परिसूचक ३७.७४ अंकले बढेर १४३०.४१ अंकमा उक्लिएको हो ।

सोमबार १८९ कम्पनीको ४२ लाख ५२ हजार ८०८ कित्ता सेयर एक अर्ब ५५ करोड ५५ लाख रुपैयाँमा किनबेच भएको छ । त्यस्तै सोमबार साधना लघुवित्त र अजोड इन्स्योरेन्स कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ ।

सोमबार नेपाल रिइन्स्योरेन्स कम्पनीको सर्वाधिक १२ करोड ३१ लाख र नेपाल लाइफ इन्स्योरेन्सको १२ करोड ८ लाख रुपैयाँबराबरको सेयर खरिद‑बिक्री भयो । सबैभन्दा धेरै निर्जीवन बिमा कम्पनी ४.४२ प्रतिशत, होटल समूह ३.८८, लघुवित्त समूह ३.०३ र बैंक समूह २.७७ प्रतिशतले उकालो लागेका छन् ।

प्रकाशित समय १६:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु