गृहपृष्ठ नेप्से ६ अंकले घट्दा ५१ कम्पनीको मूल्य बढ्यो
नेप्से ६ अंकले घट्दा ५१ कम्पनीको मूल्य बढ्यो
सेयर बजार परिसूचक (नेप्से) ६ अंकले घट्दा ५१ कम्पनीका लगानीकर्ताले कमाएका छन् । नेप्सेमा सूचीकृत म्युचुअल फन्डबाहेकका सबै उपसमूह घट्दा नेप्से ६.६१ अंकले घटेर १४२३.८१ अंकमा झरेको छ ।
मंगलबार १९८ कम्पनीको ३६ लाख ३० हजार ८४५ कित्ता सेयर १ अर्ब २७ करोड १७ लाख रूपैयाँमा किनबेच भयो । यो रकम सोमबारको तुलनामा कम हो । सोमबार करिब डेढ अर्बको सेयर कारोबार भएको थियो । सोमबार नेप्से पनि करिब ३८ अंकले बढेको थियो ।
घटेको बजारमा अजोड इन्स्योरेन्स र साधना लघुवित्तको सेयर ९ प्रतिशतभन्दा धेरैले बढेको छ । त्यस्तै नेपाल रिइन्स्योरेन्स कम्पनीको सबैभन्दा धेरै १२ करोड १६ लाख र नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ८ करोड ३९ लाख रुपैयाँको सेयर भएको छ ।
प्रकाशित समय १६:०६ बजे

















