गृहपृष्ठ प्रदेश १ मा एकैदिन २२ सयको कोरोना परीक्षण
प्रदेश १ मा एकैदिन २२ सयको कोरोना परीक्षण
प्रदेश १ मा कोरोना परीक्षणको दायरालाई फराकिलो बनाइएको छ । शुक्रबार एकैदिन २ हजार दुई सय पाँच जनाको कोरोना परीक्षण भएको छ । प्रदेश १ मा एकैदिन परीक्षण भएको यो अहिलेसम्मकै धेरै संख्या हो ।
शुक्रबारको परीक्षणमा प्रदेश १ मा ९५ जना कोरोना संक्रमित देखिएका छन् भने ३५ जना कोरोनामुक्त भएका छन् । हालसम्म प्रदेश १ मा ६२ हजार ६५१ जनाको कोरोना परीक्षण भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।
हालसम्म १ हजार ८२१ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ भने निको हुनेहरुको संख्या एक हजार ७५ छ । प्रदेश १ मा सबैभन्दा धेरै मोरङमा संक्रमण देखापरेको छ । त्यस्तै क्रमशः झापा, सुनसरी र उदयपुरमा संक्रमणको दर बढी छ ।
प्रकाशित समय १७:४९ बजे
















