गृहपृष्ठ कुमारी बैंकको नाफा एक अर्ब २२ करोड

कुमारी बैंकको नाफा एक अर्ब २२ करोड

kumari-bank-newskarobar

कुमारी बैंकले गत आर्थिक वर्षको असार मसान्तसम्ममा एक अर्ब २२ करोड रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा अघिल्लो वर्षको तुलनामा ०.३१ प्रतिशतले बढी हो । अघिल्लो वर्षको सोही अवधिमा बैंकले एक अर्ब २३ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो ।

बैंकले शुक्रबार प्रकाशित गरेको गत वर्षको चौथो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार बैंकको वितरणयोग्य नाफा ७१ करोड २८ लाख रुपैयाँ छ । समीक्षा अवधिमा बैंकले ३ अर्ब ६३ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा २६.४९ प्रतिशतले बढी हो । अघिल्लो वर्षको सोही अवधिमा बैंकको खुद ब्याज आम्दानी २ अर्ब ८६ करोड थियो ।

समीक्षा अवधिमा बैंकको निक्षेप संकलन र कर्जा प्रवाह दुवैमा बढेको छ । असार मसान्तसम्ममा बैंकले निक्षेप संकलन ५२.१४ प्रतिशतले बढाएर १ खर्ब ११ अर्ब रुपैयाँ पु‑याएको छ भने कर्जा प्रवाह ५९.२१ प्रतिशतले बढाएर एक अर्ब १६ करोड रुपैयाँ पु‑याएको छ ।

चुक्ता पुँजी १२ अर्ब ५२ करोड रुपैयाँ रहेको यो बैंकको जगेडा कोष ८२ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो आवमा २ अर्ब ९ करोड रुपैयाँ जगेडा कोष गत आवमा ३ अर्ब ८२ करोड रुपैयाँ पुगेको हो । बैंकको प्रतिसेयर आम्दानी भने घटेर १२.७७ रुपैयाँमा सीमित भएको छ ।

प्रकाशित समय १७:५६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु