गृहपृष्ठ शिखर इन्स्योरेन्सको खुद नाफा ४५ करोड

शिखर इन्स्योरेन्सको खुद नाफा ४५ करोड

शिखर इन्स्योरेन्सले गत आर्थिक वर्षमा ४५ करोड नाफा आर्जन गरेको छ । कम्पनीले हालै प्रकाशित गरेको गत वर्षको चौथो त्रैमासको वित्तीय विवरणअनुसार कम्पनीले गत आवमा ६.३९ प्रतिशतले नाफा बढाउँदै ४५ करोड १ लाख ८४ हजार रुपैयाँ खुद नाफा गरेको हो । कम्पनीको बिमा कोष, महाविपत्ति कोष र जगेडा कोष करिब २ अर्ब रुपैयाँ जम्मा भएको छ ।

अघिल्लो वर्षको चौथो त्रैमाससम्ममा कम्पनीले ४२ करोड ३१ लाख ३६ हजार १५८ रुपैयाँ खुद नाफा कमाएको थियो । कम्पनीको चुक्ता पुँजी एक अर्ब पाँच करोड ७३ लाख रुपैयाँ छ । शिखर इन्स्योरेन्सले खुद बिमा शुल्क एक अर्ब १८ करोड ५४ लाख ६८ हजार आर्जन गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा ७.८३ प्रतिशत कम हो । अघिल्लो वर्ष कम्पनीले एक अर्ब २८ करोड ६१ लाख रुपैयाँ खुद बिमा शुल्क आर्जन थियो ।

शिखर इन्स्योरेन्सको कुल बिमा शुल्क आर्जन भने ०.०६ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष तीन अर्ब ५१ करोड ९३ लाख ३९ हजार कुल बिमा शुल्क संकलन गरेको कम्पनीले गत वर्ष तीन अर्ब ५२ करोड १६ लाख ५० हजार रुपैयाँ संकलन गरेको हो ।

गत वर्ष कम्पनीले दुई लाख ५९ हजार ५७४ वटा बिमालेख जारी गरेको छ । अघिल्लो वर्ष तीन लाख तीन हजार ५९१ वटा बिमालेख जारी गरेको थियो । त्यस्तै, कम्पनीले ६२ हजार २६५ वटा बिमालेख नवीकरण गरेको छ । अघिल्लो वर्ष ६४ हजार ९७४ वटा बिमा पोलिसी नवीकरण गरेको थियो ।

शिखर इन्स्योरेन्सले समीक्षा अवधीमा ८७ करोड ४७ लाख १५ हजार रुपैयाँ दाबी भुक्तानी गरेको छ । अघिल्लो वर्ष कम्पनीले एक अर्ब १२ करोड ६९ लाख ५५ हजार रुपैयाँ दाबी भुक्तानी गरेको थियो । कम्पनीको प्रतिसेयर आम्दानी ४२ रुपैयाँ ५८ पैसा छ ।

प्रकाशित समय १०:४७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु