गृहपृष्ठ सुनको मूल्य १६ सय रुपैयाँ घट्यो

सुनको मूल्य १६ सय रुपैयाँ घट्यो

बिहीबार सुनको मूल्य केही घटेको छ । बुधबार यथावत रहेको छापावाला सुनको मूल्य तोलामा सोह्र सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार सुन बिहीबार तोलाको ९८ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाला सुनको मूल्य तोलाको एक लाख चार सय रुपैयाँ थियो ।

तेजाबी सुनको मूल्य पनि बिहीबार तोलामा १६ सय रुपैयाँले घटेर ९८ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार तेजाबी सुनको मूल्य तोलामा ९९ हजार नौ सय रुपैयाँ थियो ।

यस्तै चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेर १३ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएकाे छ ।

प्रकाशित समय १३:५८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु