गृहपृष्ठ बीपी प्रतिष्ठानका पदाधिकारी र मुख्यमन्त्री राईबीच छलफल

बीपी प्रतिष्ठानका पदाधिकारी र मुख्यमन्त्री राईबीच छलफल

प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीहरुसँग आज छलफल गरेका छन् । प्रतिष्ठानका बारेमा जनस्तरबाट गुनासो आउन थालेपछि मुख्यमन्त्री राईले उपकुलपति ज्ञानेन्द्र गिरी, रेक्टर गुरु खनाल र रजिष्टार मोहन रेग्मीलाई आफ्नो कार्यकक्षमा बोलाएर यस विषयमा छलफल गरेका हुन् ।

छलफलका क्रममा मुख्यमन्त्री राईले बीपीका पदाधिकारीहरुलाई कोभिड र अन्य बिरामीहरुलाई छुट्टाछुट्टै तवरले उपचार व्यवस्था मिलाउन निर्देशन दिएका छन् । उनले बिरामीहरुको राम्रो उपचार गराउन र आएका बिरामीहरुलाई नफर्काउनसमेत निर्देशन दिए ।

तत्काल पीसीआर परीक्षणको दायरा बढाउन निर्देशन दिँदै मुख्यमन्त्री राईले आवश्यक समन्वय गर्नका लागि संयन्त्र निमार्ण गर्न सुझा दिए । उनले पाँच सय क्षमताको आइसोलेसन बेड तयार पार्न र कोभिड अस्पताललाई दुई सय बेड क्षमताको यथाशीघ्र बनाउन पदाधिकारीहरुलाई निर्देशन दिएका छन् ।

मुख्यमन्त्रीको निर्देशनसँगै बीपीका पदाधिकारीहरुले आवश्यक काम तत्काल थाल्ने जानकारी गराएका थिए । छलफलमा कोभिड महामारीका बेला प्रतिष्ठानले गरिरहेकाे कामका बारे बीपीका पदाधिकारीहरुले मुख्यमन्त्री राईलाई जानकारी गराए ।

प्रकाशित समय १५:३८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु