गृहपृष्ठ विद्युतीय भुक्तानीलाई प्रोत्साहन गर्न एनआईसी एसिया बैंकको ‘सुपर सिक्स योजना’

विद्युतीय भुक्तानीलाई प्रोत्साहन गर्न एनआईसी एसिया बैंकको ‘सुपर सिक्स योजना’

nic-asia-bank-newskarobar

एनआईसी एसिया बैंकले विद्युतीय भुक्तानीलाई प्रोत्साहन गर्न सुपर सिक्स योजना सार्वजनिक गरेको छ । बैंकले समयअनुरुप परिष्कृत सेवा तथा सुविधा ल्याउने क्रममा विश्वव्यापी कोभिड १९ को महामारीको समयमा विद्युतीय भुक्तानीलाई प्रोत्साहन गर्न ‘सुपर सिक्स योजना’ सार्वजनिक गरिएको जनाएको छ ।

‘सुपर सिक्स योजना’ अनुरुप ग्राहकले यस बैंकको मोबाइल बैंकिङमार्फत हप्तामा ६ वटा कारोबार गर्दा छैटौं कारोबार रकमको ६ प्रतिशत वा ५०० रुपैयाँसम्म रकम फिर्ता प्राप्त गर्न सक्नेछन् । यो योजना २०७७ भदौ ८ देखि २७ गतेसम्म गरिएको कारोबारका लागि मात्र मान्य हुने र न्यूनतम् १०० रुपैयाँसम्मको कारोबारका लागि लगू हुने जारी विज्ञप्तिमा उल्लेख छ ।

डिजिटल बैंकिङ क्षेत्रमा अग्रणी यस बैंकले १५ हजारभन्दा बढी क्यूआर मर्चेन्ट्समार्फत विद्युतीय कारोबार हुँदै आएको जनाएको छ । प्रतिकूल समयमा बिजुली एवं खानेपानीको महसुल, मोबाइल रिचार्ज खरिद, बिमा प्रिमियम भुक्तानी, टेलिभिजनको बिललगायतका घरायसी बिलको जुनसुकै स्थानबाट जुनसुकै समयमा विद्युतीय भुक्तानी गर्न मिल्ने व्यवस्था बैंकले गरेको छ । यो योजनामा मोबाइल बैंकिङमार्फत गरिने वालेट लोड, रकम ट्रान्सफर र क्रेडिट कार्ड भुक्तानीलाई समावेश गरिएको छैन । बैंकले मोबाइल बैंकिङ वा कार्ड (डेबिट/क्रेडिट) प्रयोगकर्तालाई देशभरका २ हजार ३ सयवटा भन्दा बढी अस्पताल, होटल तथा रेस्टुराँ, डिपार्टमेन्ट स्टोरलगायतमा सेवा लिई लागत रकम भुक्तानी गर्दा कारोबार रकमको ३० प्रतिशतसम्म छुट दिने व्यवस्था गरेको छ ।

प्रकाशित समय १५:२१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु