गृहपृष्ठ उपप्रधानमन्त्रीको प्रष्टोक्ति- कानुनविपरीत कुनै नातेदारलाई लाभको पद दिएको छैन
उपप्रधानमन्त्रीको प्रष्टोक्ति- कानुनविपरीत कुनै नातेदारलाई लाभको पद दिएको छैन
उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले कुनै पनि राजनीतिक नियुक्तिमा आफ्नो अवाञ्छित चासो वा हस्तक्षेप नभएको स्पष्ट गरेका छन् । उनले बुधबार विज्ञप्ति जारी गरी आफ्नो परिवारका कुनै सदस्य वा कुनै नाता सम्बन्धमा रहेका व्यक्तिले पद वा सम्बन्धको दुरूपयोग गरी विद्यमान कानुनी व्यवस्थालाई उल्लंघन नगरेको जनाएका छन् ।
‘भएका काम विधिसम्मत, पारदर्शितासहित र संस्थागत निर्णय प्रक्रियाका आधारमा मात्रै भएका छन् । यदि अन्यथा भएको पाइएमा वा प्रमाणित भएमा सार्वजनिक रूपमा सजायको भागीदार हुनेसमेत विश्वास दिलाउन चाहन्छु,’ उनले भनेका छन्, ‘मेरो यो दृढता र विश्वासलाई लाञ्छित गर्ने हिसाबले तथ्यहीन र अत्यन्त गलत मनसायका साथ सार्वजनिक भएका र गरिएका कुराहरूप्रति खेद व्यक्त गर्दछु ।’
रक्षामन्त्री पोखरेलले विगतमा राजाले सम्पूर्ण शासन सत्ता आफ्नो हातमा लिएको र त्यसविरूद्ध संघर्ष गरेका कारण यातनापूर्ण बन्दी जीवन बिताइरहेका बेला सम्पूर्ण रूपमा बदनाम र चरित्रहत्या गर्ने हिसाबले ‘घरको पानी ट्यांकीमा पैसा राखेको’ भनी कुप्रचार गरिएको स्मरण गर्दै अहिले विगतको निरंकुश शाहीशासनका तिनै मतियारसमेतले नयाँ ढंगले आफ्नाविरूद्ध स्वर उरालिरहेको आरोप लगाएका छन् ।
अर्थ मन्त्रालयले राष्ट्रिय वाणिज्य बैंकको सञ्चालक समिति सदस्यमा पोखरेलका सम्धी उपेन्द्रकुमार कोइरालालाई नियुक्त गरेको थियो । उपप्रधानमन्त्री पोखरेलले यसै विषयमा आफ्नो प्रष्टीकरण दिएका हुन् ।
सबै महानुभावहरूमा अनुरोध ! ——————————-केही दिनयता मलाई केन्द्रीत गरी कतिपय संचार माध्यमहरूले समाचार सम्प्रेषण गरेका…
Ishwar Pokhrel यांनी वर पोस्ट केले बुधवार, २६ ऑगस्ट, २०२०
प्रकाशित समय १८:०६ बजे

















