गृहपृष्ठ साताको अन्तिम दिन नेप्से सामान्य घट्दा २ अर्बको कारोबार

साताको अन्तिम दिन नेप्से सामान्य घट्दा २ अर्बको कारोबार

सेयर बजार परिसूचक नेप्से साताको अन्तिम कारोबार हुने दिन बिहीबार सामान्य अंकले घट्दा करिब २ अर्बको कारोबार भएको छ । निर्जीवन बिमा, उत्पादनमूलक र जीवन बिमा समूह बढे पनि अरु सबै समूह उरालो लागेपछि समग्र बजार परिसूचक ४ अंकले घटेर १४५८.०४ अंकमा झरेको हो ।

बिहीबार १८८ कम्पनीको ४९ लाख ६७ हजार ४०३ कित्ता सेयर १ अर्ब ९८ करोड १७ लाख रुपैयाँमा किनबेच भएको छ । त्यस्तै बुधबारदेखि सूचीकरण भएको एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । बिहीबार सर्वाधिक नेपाल रिइन्स्योरेन्स कम्पनीको २३ करोड, नेको इन्स्योरेन्सको साढे १२ करोड, शिवम् सिमेन्टको साढे ९ करोड, एनआइसी एसियाको ८ करोड ३१ लाख रुपैयाँबराबरको सेयर किनबेच भएको छ ।

प्रकाशित समय १८:३७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु