गृहपृष्ठ नेकपाको सचिवालय बैठक भदौ १८ का लागि सर्‍यो

नेकपाको सचिवालय बैठक भदौ १८ का लागि सर्‍यो

nekapa sachibalaya newskarobar

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय आज शनिबार बस्ने भनिएको बैठक सरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले यही भदौ १८ का लागि बैठक सारिएको जानकारी दिए ।

उनका अनुसार कोभिड- १९ को जोखिमका कारणले बैठक सारिएको हो । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीमा देखिएको विवाद समाधानका लागि सुझाव दिन गठित कार्यदलले प्रतिवेदन बुझाएपछि बैठक बोलाउन सहमति गरेका थिए । कार्यदलले बुझाएको प्रतिवेदनमाथि छलफल गर्नका लागि बैठक वोलाइएको हो ।

पार्टीले गत साउन ३० गते पार्टी एकतामा देखिएको विवादको समाधानका लागि महासचिव विष्णुप्रसाद पौडेलको संयोजकत्वमा छ सदस्यीय कार्यदल गठन गरेको थियो । कार्यदलले यही भदौ ६ गते दुवै अध्यक्षलाई प्रतिवेदन बुझाइसकेको छ ।

प्रकाशित समय १६:५७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु