गृहपृष्ठ ग्लोकल टिन हिरो नेपाल २०२० मा प्रतिस्पर्धाका लागि आवेदन खुला

ग्लोकल टिन हिरो नेपाल २०२० मा प्रतिस्पर्धाका लागि आवेदन खुला

ग्लोकल टिन हिरो नेपाल २०२० मा प्रतिस्पर्धाका लागि मंगलबारबाट आवेदन  खुलेको छ । यो वर्ष ग्लोकल टिन हिरो नेपाल भर्चुअल रुपमा डिसेम्बर १२, २०२० मा हुने अनलाइन अवार्ड महोत्सव र सम्मेलनमार्फत घोषणा गरिनेछ ।

नेपालबाट २०१५ मा सुरु भई काठमाडौंका किशोरकिशोरीलाई मात्र लक्षित गरेर पछि २०१६ सम्ममा नेपालका सबै किशोरकिशोरीका लागि राष्ट्रिय मञ्च उपलब्ध गराउन राष्ट्रव्यापी रूपमा आफ्नो कार्य विस्तार गरेको थियो । हालसम्म नेपालका ५ किशोरकिशोरीलाई ग्लोकल टिन हिरो नेपालका रुपमा सम्मानित गरिएको छ भने ग्लोकल टिन हिरो इन्डियाबाट एकजना सम्मनित भएका छन । साथै २० अन्डर २० छनोट गरेर हालसम्म ७५ जनालाई सम्मानित गरिएको छ ।

ग्लोकलका संस्थापक आशिष ठाकुर महामारीका बीच यस वर्षको ग्लोकल टिन हिरो कार्यक्रम भइरहेको र डिजिटल प्रविधिको उपयोगसँगै किशोरकिशोरीको प्रतिभा प्रस्फुटन गर्न एवं उनीहरुको उपलब्धि पहिचान गर्न यसले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउँछन् ।

किशोरकिशोरीमा भएको प्रेरणा र उत्साहलाई प्रस्फुटन गरी उनीहरुले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर र अरु माझ चिनाउने कार्यक्रम ‘वाई वाई ग्लोकल टिन हिरो’ भर्चुअली आयोजना गरिएको हो । किशोरकिशोरीमा भएको उत्साह, रचनात्मक र सुरुवातको चाहनाको पहिचान गरी उनीहरुमा उद्यमी सोचको विकास गर्न कार्यक्रम आयोजना गरिएको ग्लोकल प्रालिले जनाएको छ ।

प्रकाशित समय १६:२३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु