गृहपृष्ठ नेपाल इन्भेस्टमेन्ट बैंक र सिटी एक्सप्रेसबीच मर्जरसम्बन्धी अन्तिम सम्झौता

नेपाल इन्भेस्टमेन्ट बैंक र सिटी एक्सप्रेसबीच मर्जरसम्बन्धी अन्तिम सम्झौता

merger-newskarobar

नेपाल इन्भेस्टमेन्ट बैंक र सिटी एक्सप्रेस फाइनान्सबीच गाभ्ने/गाभिनेसम्बन्धी अन्तिम सम्झौता भएको छ । भदौ १७ गते बसेको बैंक सञ्चालक समिति बैठकले दुवै कम्पनीको संयुक्त प्राप्ति समितिबाट भएको सिफारिस समेतलाई मध्यनजर गर्दै १००:३० अनुपातमा अन्तिम सम्झौता सम्पन्न गरेको हो ।

यससँगै सिटी एक्सप्रेस फाइनान्सका लगानीकर्ताले सिटीको १०० कित्ताबराबर नेपाल इन्भेस्टमेन्टमा ३० कित्ता सेयर पाउनेछन् । बैंक तथा वित्तीय संस्था एक‑आपसमा गाभ्ने/गाभिने तथा प्राप्तिसम्बन्धी विनियमावली २०७३ को विनियम ६ (९१०) बमोजिम फाइनान्सको सेयर कारोबार २०७६ पुस २८ गतेदेखि रोक्का छ ।

प्रकाशित समय १५:१५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु