गृहपृष्ठ बीपी जयन्तीको तीन दिने कार्यक्रम जुममार्फत

बीपी जयन्तीको तीन दिने कार्यक्रम जुममार्फत

बीपी कोइरालाको १०७औं जन्मजयन्ती भदौ २४ गते तथा यही साताका फरक दिनहरूमा विभिन्न कार्यक्रम आयोजना गरेर मनाउन जिल्ला र विदेशस्थित जनसम्पर्क समितिहरुलाई केन्द्रीय समितिका तर्फबाट एकसाता अघि परिपत्र गरिसकिएको नेपाली कांग्रेसले जनाएको छ । कोरोना प्रतिकुलताबाट सुरक्षित रहँदै स्थानीय परिस्थिति हेरी अनिवार्य रुपले भौतिक दुरी र अनिवार्य मास्क प्रयोग गरेर अथवा भर्चुअल रूपमा कार्यक्रम गर्न सबैलाई सूचित गरिएको हो ।

केन्द्रीय तहबाट तय गरिएको तीन दिने कार्यक्रम पनि Zoom मार्फत हुने नेपाली का‌ग्रेस केन्द्रीय कार्यालका मुख्य सचिव कृष्णप्रसाद पौडेलेले जानकारी दिएका छन् । केन्द्रीय कार्यालयमा भदौ २४ गते अपरान्ह १ बजे हुने ‘बीपीको विचार नेपालको समुन्नतिको मुल बाटो’ विषयक विचार गोष्ठीमा वक्ताहरु सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेललगायत शीर्ष नेताहरूले सम्बोधन गर्ने बताइएकाे छ । गोष्ठीको संयोजन नेपाली कांग्रेस केन्द्रीय कार्यालयले गर्नेछ ।

त्यस्तै भदौ २५ गते अपरान्ह १ बजे ‘नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध र विदेश नीतिमा बीपीको योगदान’ विषयक गोष्ठीम उपसभापति विमलेन्द्र निधि एवं विज्ञहरु वक्ताका रूपमा रहेन मुख्यसचिव पाैडेलले जानकारी दिए । यसको संयोजन केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले गर्दैछ ।

त्यसैगरी भदौ २६ गते अपरान्ह १ बजे कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागले संयोजन गर्ने  ‘विचार निर्माण एवं प्रचारमा बीपीको शैलीको आलोकमा अबको रणनीति’ शिर्षकको गोष्ठीमा वक्ताहरु बौद्धिक चिन्तकद्वय नरहरी आचार्य र प्रदीप गिरि रहनेछन् ।

Zoom मार्फत हुने तीनै दिनको कार्यक्रम पार्टीको फेसबुक पेज ( facebook.com/ nepalicongresshq/) बाट Live समेत गरिने मुख्यसचिव पाैडेलले जानकारी दिए ।

प्रकाशित समय १२:२९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु