गृहपृष्ठ ओली-प्रचण्डबीचको छलफल सकियो, सहमतिको खाका तय

ओली-प्रचण्डबीचको छलफल सकियो, सहमतिको खाका तय

सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्ता सकिएको छ । नेकपा कार्यदलको सुझाव प्रतिवेदन कार्यान्वयनका विषयमा दुई अध्यक्षबीच सहमति जुटेको छ ।

अध्यक्षद्वयबीचको सहमतिको प्रस्ताव आज नै स्थायी कमिटी सदस्यहरुलाई इमेल गर्ने तयारी गरिएको छ । शुक्रबार बस्ने स्थायी कमिटी बैठकमा ओली-प्रचण्डले तयार गरेको सहमतिको ठोस प्रस्तावमा छलफल गर्ने तयारी छ । कार्यदलले दिएको सुझावका आधारमा अध्यक्षद्वयले सहमतिको प्रस्ताव तयार गरेका एक सचिवालय सदस्यले जानकारी दिए ।

नेकपामा विवाद उत्कर्षमा पुगेपछि महासचिव विष्णु पौडेलको नेतृत्वमा साउन ३० गते कार्यदल गठन गरिएको थियो । कार्यदलले भदौ ६ गते विवाद समाधानका लागि सुझावसहितको प्रतिवेदन बुझाएको थियो ।

नेकपा सचिवालय बैठकले भदौ १८ गते कार्यदलको सुझाव कार्यान्वयनका लागि ठोस प्रस्ताव तयार गर्न अध्यक्षद्वय ओली-प्रचण्डलाई जिम्मेवारी दिएको थियो ।

प्रकाशित समय १५:१५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु