गृहपृष्ठ सामाजिक सञ्जालको अधिकतम उपयोग गर्दै कामना सेवा विकास बैंक

सामाजिक सञ्जालको अधिकतम उपयोग गर्दै कामना सेवा विकास बैंक

कामना सेवा विकास बैंकले फेसबुक, भाइबरलगायतका सामाजिक सञ्जालको समेत उपयोग गरी अधिकांश बैंकिङ सेवा प्रदान गर्ने भएको छ । बैंकले सामाजिक सञ्जालबाटै खाता खोल्नेदेखि बैंक स्टेटमेन्ट हेर्नेसम्मका सुविधा दिएको हो ।

ग्राहकले भाइबर वा फेसबुक म्यासेन्जरलगायतका सामाजिक सञ्जालबाट केवाइसी अपडेट गर्ने, चेक बुक तथा डेबिट कार्ड अनुरोध गर्ने, स्टेटमेन्ट हेर्ने, कर्जाको बक्यौता थाहा पाउनेलगायतका सुविधा प्रदान गरेको जनाएको छ ।

बैंकका अध्यक्ष सुदिप आचार्यले फेसबुक लाइभबाट ‘केएसबीबीएल सोसल मिडिया बैंकिङ प्ल्याटफर्म’को शुभारम्भ गरेका छन् । भाइबरबाट यी सुविधा प्राप्त गर्न बैंकले प्रदान गरेको क्युआर कोड स्क्यान गर्नुपर्नेछ भने फेसबुकबाट बैंकको फेसबुक पेज सर्च गरी म्यासेज पठाउनुपर्ने उनले जानकारी दिए । कोभिड-१९ को महामारीका बीच सोसल मिडिया बैंकिङ सेवा सुरुवात गरी बैंकले ग्राहकलाई थप सुविधा प्रदान गरेको उनले बताए ।

प्रकाशित समय २१:०६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु