गृहपृष्ठ तोलामा ९ सय रुपैयाँ घट्यो सुनको मूल्य
तोलामा ९ सय रुपैयाँ घट्यो सुनको मूल्य
यसअघि दुई दिन स्थिर रहेको सुनको मूल्यमा बिहीबार केही गिरावट आएको छ । बिहीबार सुनको मूल्य तोलामा नौ सय रुपैयाँले घटेर ९६ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार बुधबार छापावाला सुनको मूल्य तोलाको ९७ हजार पाँच सय रुपैयाँ कायम भएको थियो । तेजाबी सुनको मूल्य पनि तोलामा नौ सय रुपैयाँले घटेर बिहीबार ९६ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदीको मूल्य भने तोलामा २० रुपैयाँ घटेको छ । आज चाँदी १३ सय २० रुपैयाँमा प्रतितोलामा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रकाशित समय १३:१७ बजे

















