गृहपृष्ठ माछापुच्छ्रे बैंकले १०.४ प्रतिशत लाभांश वितरण गर्ने

माछापुच्छ्रे बैंकले १०.४ प्रतिशत लाभांश वितरण गर्ने

माछापुच्छ्रे बैंक लिमिटेडको बिहीबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष (२०७६/७७) को खुद मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई चूक्ता पूँजीको १०.४ प्रतिशत लाभांश (करसहित) वितरण गर्न प्रस्ताव गर्ने निर्णय गरेको छ ।

उक्त लाभांशअन्तर्गत बैंकले ७.०३ प्रतिशत बोनस सेयर र ३.३७ प्रतिशत नगद लाभांश (करसहित) नेपाल राष्ट्र बैंकको स्वीकृति एवं आगामी वार्षिक साधारण सभाबाट पारित भएपश्चात वितरण गर्नेसमेत निर्णय गरेको छ । बैंकले गत आर्थिक वर्षमा १ अर्ब २६ करोड ५१ लाख रुपैयाँ खुद नाफा गरेर प्रतिसेयर आम्दानी १४ रुपैयाँ ९६ पैसा कायम गरेको थियो । चुक्ता पूँजी ८ अर्ब ४५ करोड ८४ लाख रहेको माछापुच्छ्रे बैंकको साधारण जगेडा कोषमा १ अर्ब ७० करोड रुपैयाँ सञ्चित रहेको छ ।

स्थापना कालदेखि नै नयाँ नयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहकमाझ ल्याउन कटिवद्ध रहेको माछापुच्छ्रे बैंकले आफ्ना १५९ वटा शाखा, १३३ शाखारहित बैकिङ सेवा र ५ एक्सटेन्सन काउण्टरसमेत गरी जम्मा २९२ स्थानमा रहेका सेवा सञ्जाल तथा १९९ वटा एटीएम तथा १ हजारभन्दा बढी पीओएस (POS Machine)मार्फत ग्राहकहरुलाई बैंकिङ सुविधा प्रदान गरिरहेको छ ।

प्रकाशित समय १८:४४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु