गृहपृष्ठ एनआईसी एशिया बैंकले ल्यायो भाका नाघेका कर्जाको सावाँब्याज भुक्तानीमा ‘सहुलियत योजना’

एनआईसी एशिया बैंकले ल्यायो भाका नाघेका कर्जाको सावाँब्याज भुक्तानीमा ‘सहुलियत योजना’

एनआईसी एशिया बैंकले भाका नाघेका कर्जाहरूको आश्विनसम्मकाे सबै रकम चुक्ता गरे ब्याजदर घटाउने भएकाे छ ।

जस अनुरुप २०७७ श्रावण मसान्तसम्म ३ महिना वा बढीले बक्यौताको भाका नाघेका कर्जाहरूको २०७७ आश्विन मसान्तसम्मको साँवा तथा ब्याज रकम सोही मसान्तभित्र चुक्ता गरेमा साविकको ब्याजदरलाई घटाई १ कार्तिक २०७७ देखि लागू हुनेगरी ८.९९ प्रतिशत ब्याजदर कायम गरिने बैंकले जनाएकाे छ ।

बैंकबाट मासिक तथा त्रैमासिक किस्ताबन्दी कर्जाहरूका साथै चालूपुँजी कर्जा तथा अन्य रिभल्विङ प्रकृतिका कर्जाहरू लगायत बैंकबाट प्रवाह भएका कुनै पनि कर्जाहरू उपभोग गरेका सम्पूर्ण योग्य ग्राहकहरुले यस योजनामा सहभागी भई समयमै अतुलनीय फाइदाको लाभ उठाउन सक्ने बैंकले जनाएकाे छ ।

प्रकाशित समय १९:०२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु