गृहपृष्ठ सानिमा बैंकका दुई नयाँ शाखा ताप्लेजुङ र कोहलपुरमा
सानिमा बैंकका दुई नयाँ शाखा ताप्लेजुङ र कोहलपुरमा
ताप्लेजुङ शाखा उद्घाटन ।
सानिमा बैंकले ताप्लेजुङ र कोहलपुरमा नयाँ शाखा स्थापना गरेको छ । बैंकले ताप्लेजुङ र बाँकेमा शाखा स्थापना गरेको हो ।
ताप्लेजुङको फुङलिङ नगरपालिका ५ ताप्लेजुङ शाखाको उद्घाटन फुङलिङ नगरपालिका प्रमुख क्षेत्रपति प्याकुरेल र प्रमुख जिल्ला अधिकारी जरेन्द्र चापागाईंले संयुक्त रुपमा गरेका छन् ।
यसैगरी बाँकेको कोहलपुर नगरपालिका ११ एनटीभी रोडस्थित कोहलपुर शाखाको उद्घाटन कोहलपुर नगरपालिका प्रमुख लुटबहादुर राउत र कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष चक्रबहादुर अधिकारीले संयुक्त रुपमा गरेका छन् ।

यी शाखा सञ्चालनमा आएसँगै सो क्षेत्रका बासिन्दालाई गुणस्तरीय बैंकिङ सेवामा सहज पहुँच हुने विश्वास बैंकले लिएको छ । यससँगै सानिमा बैंकका ८२ वटा शाखा कार्यालय पुगेका छन् । बैंकले अन्य १५ विस्तारित काउन्टर र ८१ वटा एटीएमबाट बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।
प्रकाशित समय २०:२१ बजे

















