गृहपृष्ठ ‘विधानको मौलिकतामा खलल पुग्नेगरी संशोधन गर्दै देशलाई बारम्बार प्रयोगको थलो नबनाऔं’

‘विधानको मौलिकतामा खलल पुग्नेगरी संशोधन गर्दै देशलाई बारम्बार प्रयोगको थलो नबनाऔं’

ramchandra-newskarobar फाइल तस्बिर

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपालको संविधान २०७२ ले मुलुकको राजनीतिक प्रणालीको टुंगो लगाएकाले यसको मौलिकता र संरचनामा खलल पुग्नेगरि संसोधन गर्न नहुने बताएका छन् ।

प्रधानमन्त्री केपी ओलीले प्रणालीगत, संरचनागत र कानुनी पक्षका हिसाबले पनि जनता र देशको आवश्यकताअनुसार संशोधन गर्न सकिने भन्दै यस्तो प्रतिक्रिया दिएका हुन् । पाँचौ संविधान दिवसका अवसरमा शुभकामना दिदै वरिष्ठ नेता पौडेलले संविधानको मौलिकता र संरचनामा खलल पुग्नेगरि संशोधन गर्दै देशलाई बारम्बार प्रयोगको थलो मात्र बनाउने अधिकार कसैलाई नभएको बताए ।

नेपाली जनताले लामो संघर्षपछि र धेरै दुःख मेहनत गरेर नेपालको वर्तमान संविधानको बनेको उल्लेख गर्दै संविधानले नेपालका सवै जातजाती, भाषाभाषी संस्कृतिहरुको भावनालाई समेत समेटेर लगभग सत्तरी वर्षपछि आएर देशमा राजनीतिक प्रणालीको टुंगो लगाएको उनले बताए ।

पौडेलले नितान्त लोकतान्त्रिक मान्यतामा आधारित भएर बनेको बर्तमान संविधानलाई कार्यान्वयनमा ल्याएर जनतालाई न्याय र समृद्धि दिनु हामी सबैको साझा कर्तव्य भएको उल्लेख गरेका छन् । उनले संविधान निर्माणकै क्रममा रहेको केही सामान्य गुनासाहरुको संवोधन हामी सबैको सहमतिमा गर्न सकिने बताए ।

प्रकाशित समय १०:५० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु