गृहपृष्ठ एनएमबी बैंकको वित्तीय क्षेत्रमै पहिलो एनएमबी भिसा कर्पोरेट क्रेडिट

एनएमबी बैंकको वित्तीय क्षेत्रमै पहिलो एनएमबी भिसा कर्पोरेट क्रेडिट

एनएमबी बैंकले कर्पोरेट क्रेडिट कार्ड जारी गर्न फेरि पहिलो नेपाली बैंकको रुपमा प्राथमिकता तय गरेको छ । बैंकले एनएमबी बैंक भिजा कर्पोरेट क्रेडिट कार्ड प्रस्तुत गरेको हो, जुन व्यावसायिक संगठन र कर्पोरेट घरानाहरूको अनुरोधमा जारी गरिनेछ ।

यो कार्ड मुख्यतः व्यवसायसँग सम्बन्धित खर्चहरु जस्तैः व्यवसाय प्रवर्धन, तालिम, ग्राहक संलग्नता, मार्केटिङ र व्यवसायसँग सम्बन्धित अन्य खर्चहरुको व्यवस्थापन गर्न प्रयोग गर्न सकिन्छ । एकभन्दा बढी क्रेडिट कार्डहरू एउटै संस्थाको व्यक्तिका लागि फरक क्रेडिट सीमाका साथ जारी गर्न सकिन्छ । प्रत्येक संगठनको क्रेडिट सीमा उक्त संगठनको आवश्यकताअनुरुप निर्धारण गरिनेछ ।

‘एनएमबी बैंक भिसा कर्पोरेट क्रेडिट कार्ड वित्तीय बजारमा विशुद्ध नयाँ प्रस्तुति हो र हामी विश्वस्त छौं कि यसले हाम्रा ग्राहकलाई कर्पोरेट र व्यावसायिक संगठनहरूमा उहाँहरूको व्यवसायसँग सम्बन्धित खर्चहरू अझ राम्रोसँग व्यवस्थापन गर्न सक्षम गर्नेछ । हाम्रा सेवाहरूमा मूल्य र मान्यतासहित ग्राहकको अनुभव अभिवृद्धि गर्नु हाम्रो मुख्य उद्देश्य हो र हामी आफ्नो ब्रान्ड अनुभव सशक्त बनाउन अन्वेषण गर्ने क्रममा सदैव तत्पर छौं,’ बैंकले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित समय ११:२७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु