गृहपृष्ठ नेकपा सचिवालय बैठक सुरु, ‘मन्त्रिमण्डल पुनर्गठन मापदण्ड’ मुख्य एजेन्डा

नेकपा सचिवालय बैठक सुरु, ‘मन्त्रिमण्डल पुनर्गठन मापदण्ड’ मुख्य एजेन्डा

फाइल तस्बिर ।

सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा केही बेरअघि सुरु भएको छ । आजको बैठकमा अन्य विषयका साथै मन्त्रिमण्डल पुनगर्ठन मुख्य एजेन्डा रहेकाे बताइएकाे छ ।

आइतबार पेरिसडाँडामा सुरु भएको बैठकमा मन्त्रिमण्डल पुनर्गठनको सैद्धान्तिक पक्षमा छलफल भएको थियो । त्यसपछि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैठकका एजेन्डामा सहमति खोज्ने प्रयास गरेका थिए ।  त्यसपछि एक दुई दिनमा सहमति गरेर मन्त्रिमण्डल पुनर्गठन गर्ने तयारी छ ।

नेकपाका एक सचिवालय सदस्यका अनुसार आजको बैठकमा मन्त्रिपरिषद् पुनर्गठनका अतिरिक्त संवैधानिक तथा अन्य राजनीतिक नियुक्ति, पार्टीकाे सांगठनिक एकताका बाँकी काम र विविध विषयका अन्य एजेन्डा समावेश छन् ।

सोमबार दिउँसो १ बजेका लागि तय भएको बैठक आज दिउँसो बस्ने गरी स्थगित भएको थियो ।

प्रकाशित समय १४:०० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु