गृहपृष्ठ टीभीएस मोटर्सको दशैं योजना : मोटरसाइकल नकिने पनि ‘अपाचे आरआर ३१०’ जित्न सक्ने

टीभीएस मोटर्सको दशैं योजना : मोटरसाइकल नकिने पनि ‘अपाचे आरआर ३१०’ जित्न सक्ने

टीभीएस मोटर्सका दशैं योजनामा सहभागी हुनेले अपाचे आरआर ३१० मोटरसाइकल जित्न सक्ने भएका छन् । टीभीएस मोटर्सको ‘टीभीएस दशैंको आशा’ योजनाअन्तर्गत हरेक हप्ता एक जना भाग्यशालीले अपाचे आरआर ३१० मोटरसाइकल जित्न सक्ने भएका हुन् ।

जसका लागि जगदम्बा मोटर्स डटकममा रजिस्टर्ड गर्नुपर्नेछ भने बाइक तथा स्कुटर खरिद गरे पनि नगरे पनि मोटरसाइकल जित्न सक्ने कम्पनीले जनाएको छ । कम्पनीले हरेक हप्ता फेसबुक लाइभमार्फत एक जना भाग्यशाली विजेता घोषणा गर्नेछ ।

टीभीएसको लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले चाडपर्वलाई मध्यनजर गर्दै ‘टीभीएस दशैंको आशा’ योजनाअन्तर्गत नै मोटरसाइकल तथा स्कुटर खरिद गर्दा ग्राहकले ९ हजार नगद छुट प्राप्त गर्नेछन् । ५० प्रतिशत डाउन पेमेन्टमा सवारीसाधन खरिद गर्ने ग्राहकले शून्य प्रतिशत ब्याजदरमा मोटरसाइकल लिन सकिनेछ ।

प्रकाशित समय ०८:०८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु