गृहपृष्ठ सप्तकोशीको बजेट झन्डै ४७ करोड

सप्तकोशीको बजेट झन्डै ४७ करोड

सप्तरीको सप्तकोशी नगरपालिकाले बुधबार ४६ करोड ८१ लाख ६७ हजार ४७० रुपैयाँ बराबरको वार्षिक बजेट पारित गर्दै पाँचौँ नगरसभा सम्पन्न गरेको छ । नगर प्रमुख उत्तमकुमार शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपप्रमुख आशा चौधरीले सार्वजनिक गरेको आर्थिक वर्ष २०७७/७८ को वार्षिक बजेट पारित गर्दै नगर सभा सम्पन्न भएको हो ।

नगरसभाको उद्घाटनमा प्रदेश २ का प्रदेशसभा सदस्य सत्यनारायण मण्डलले देशमा व्यवस्था फेरिए पनि मानिसको सोचमा परिवर्तन नभएको बताए । नयाँ प्रणालीमा देश गए अनुसार जनताको चाहना पनि फेरिनु पर्नेमा उनले जोड दिए ।

कार्यक्रममा जेष्ठ नागरिक मुरारी कार्कीले जनप्रतिनिधिबाट पारित योजना अक्षरस पालना हुनुपर्ने बताए । नेपाल किसान संघका केन्द्रीय सदस्य पुष्प बस्नेतले स्थानीय स्तरमा सञ्चालन भएका उद्योग सञ्चालनमा टेवा पुर्‍याउन र किसानको समस्यालाई सम्बोधन गर्न वरिपरी भएका जडिबुटी संकलन गरी आयआर्जनलाई अगाडी बढाउन नगरपालिकालाई सुझाव दिए । (रासस)

प्रकाशित समय ०७:१८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु