गृहपृष्ठ बाँकेको सीतापुरमा सनराइज बैंकको शाखारहित बैंकिङ सेवा

बाँकेको सीतापुरमा सनराइज बैंकको शाखारहित बैंकिङ सेवा

sunrise-newskarobar

सनराइज बैंकले बाँकेको सीतापुरमा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । बैंकले शुक्रबारदेखि खजुरा गाउँपालिका २ सीतापुरमा शाखारहित बैंकिङ इकाइ सञ्चालनमा ल्याएको हो । यससँगै बैंकका शाखारहित बैंकिङ इकाइ संख्या ५० पुगेको छ ।

बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखारहित बैंकिङ सेवाअन्तर्गत एटीएम कार्डमार्फत कारोबार गर्न सकिनेछ । बैंकका अनुसार यहाँबाट ग्राहकले निक्षेप संकलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानीजस्ता सेवा लिन सक्नेछन् ।

प्रकाशित समय १६:४० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु