गृहपृष्ठ प्रभु बैंक र खल्ती डिजिटल वालेटबीच रकम भुक्तानीसम्बन्धी सम्झौता

प्रभु बैंक र खल्ती डिजिटल वालेटबीच रकम भुक्तानीसम्बन्धी सम्झौता

Print

प्रभु बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई डिजिटल भुक्तानी सुविधा प्रदान गर्न खल्ती डिजिटल वालेटसँग सम्झौता गरेको छ । प्रभु बैंकका प्रमुख सञ्चालन अधिकृत रश्मि पन्त र खल्तीका निर्देशक अमित अग्रवालले बबरमहलस्थित बैंकको प्रधान कार्यालयमा आयोजित समारोहमा यससम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छन् ।

यस साझेदारीअनुसार प्रभु बैंकका देशभरका ग्राहकले मोबाइल बैंकिङ र इन्टरनेट बैंकिंङ सेवाको उपयोग गरेर आफ्नो खल्ती वालेटमा नगद लोड गर्न सक्नेछन् । खल्तीमा लाेड गरिएको रकमबाट यसकाे प्लेटफर्ममा रहेका सबै प्रकारका डिजिटल भुक्तानी सेवा उपयाेग गर्न सक्छन् ।

यस सहकार्यले नेपालमा डिजिटल भुक्तानीको अवधारणामा अझ बढी सहयोग पुर्‍याउने अपेक्षा प्रभु बैंक र खल्ती डिजिटल वालेटले गरेका छन् । प्रभु बैंक नेपालका ‘क’ वर्गकाे बैंकमध्ये एक हाे । बैंकले आफ्ना २०८ शाखा, ४६ एक्सटेन्सन काउन्टर र १५५ एटीएम नेटवर्कबाट बैंकिङ सेवा प्रदान गरिरहेकाे छ । बैंकका १४ लाखभन्दा बढी ग्राहक छन् ।

सम्झाैताअनुसार बैंकले स्प्यारो पेलाई भीएम (भर्चुअल मेसिन) उपलब्ध गराउने छ । जसबाट बैंकको अनलाइन वा अफलाइन बैंकिङ माध्यमबाट खल्तीमा रकम लोड गर्न सकिने छ । स्प्याराेलले बैंकका विभिन्न माध्यमहरू बैंक बाइन्डिङ (बैंक खाता लिंक गर्ने) , ई-बैंकिंङ, मोबाइल बैंकिंङ, बैंक स्मार्ट, बैंकिंङ चेकआउट आदानप्रदानका लागि ‘लोड खल्ती’ सेवा उपलब्ध गराउने छ ।

कसरी डाउनलोड गर्ने ‘खल्ती’ एप ?

‘खल्ती’ एप यो लिंकबाट डाउनलोड गरि उपलब्ध सबै सेवाहरुको अनलाईन भुक्तानी गर्न सकिन्छ ।

प्रकाशित समय १८:०९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु