गृहपृष्ठ मुक्तिनाथ विकास बैंकद्वारा शुद्ध पिउने पानी ट्यांकी हस्तान्तरण

मुक्तिनाथ विकास बैंकद्वारा शुद्ध पिउने पानी ट्यांकी हस्तान्तरण

मुक्तिनाथ विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत धनगढी उपमहानगरपालिकाको बसपार्कमा शुद्ध पिउने पानी ट्यांकी हस्तान्तरण गरेको छ । बैंकको धनगढी शाखा प्रमुख उमेश जोशीले धनगढी उपमहानगरपालिका वडा नं ४ का अध्यक्ष दिपक थापालाई ट्यांकी हस्तान्तरण गरेका हुन् ।

सो अवसरमा वडा अध्यक्ष थापाले मुक्तिनाथ विकास बैंक नाफामा मात्र केन्द्रित नभई सामाजिक कार्यहरुमा समेत सहभागी भई गरेको विभिन्न सामाजिक कार्यको प्रशंसा गरे । सुदुरपश्चिमकै केन्द्र बिन्दु रहेको धनगढी उपमहानगरपालिकाको बसपार्कमा यात्रुको आवतजावत धेरै हुने भएकाले यात्रुको सहजताको लागि शुद्ध पिउने पानी ट्यांकीको निर्माण गरिएको बैंकले जनाएको छ ।

बैंकले हाल ४२ जिल्लामा १३४ शाखामार्फत ग्राहकका आवश्यकता बमोजिमका सबै प्रकारका बचत निक्षेप तथा कर्जा सेवाहरु प्रदान गर्दै आइरहेको छ । साथै, कोरोनाको संक्रमणबाट सुरक्षित भई डिजिटल बैंकिङ कारोबार प्रोत्साहन गर्न बैंकको ग्राहकले VISA Network अन्तर्गत जुनसुकै बैंकको ATM बाट बिना कुनै शुल्क रकम झिक्न सकिने व्यवस्था गरिएको बैंकले जनाएको छ ।

प्रकाशित समय १५:३९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु