गृहपृष्ठ बोथरा थुनामै, पुष्पादेवी अग्रवाल १ करोड धराैटीमा

बोथरा थुनामै, पुष्पादेवी अग्रवाल १ करोड धराैटीमा

Nakkali_NewsKarobar

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ‘रिलेबलिङ’ कार्यमा संलग्न आयन डिस्ट्रिब्युटर्सका म्यानेजर रोनक बोथरालाइ थुनामा राख्ने र पुष्पादेवी अग्रवालको  १ करोड धरौटी कायमै गर्ने,अन्य कामदारलाई ५ लाई रु ५-५लाख धरौटीमाग गरी थुनामा राख्ने निर्णय गरेको छ ।

विभागको उपभोक्ता इजलासले शुक्रबार सो निर्णय गरेको हो । विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीको इजलासले बोथराले अपराध स्वीकार गरेकाले उनलाई थुनामा राख्ने निर्णय गरिएको उल्लेख छ ।

विभागको निर्णयमा पुष्पादेवी अग्रवालले आफू आयन डिस्ट्रिब्युटरका अध्यक्ष भए पनि आफूलाई कम्पनीका कारोबारबारे केही थाहै नहुने बताएको उल्लेख छ, उनीसँग १ करोड रूपैयाँ धरौटी लिएर ‘ठहरेबमोजिम’ हुने गरी छाडिएको उल्लेख छ ।

असोज १५ गते प्रहरीको अपराध अनुसन्धान महाशाखा, वाणिज्य विभागका प्रतिनिधिसहितका टोलीले कलंकी र बाफलका गोदाममा छापा मार्दा २ करोड ९३ लाख रूपैयाँ मूल्यबराबरको ट्याङ पाउडर जुस, स्निकर चकलेट, ओरियो बिस्कुट, बर्नभिटालगायतका उपभोग मिति सकिएका वस्तु रिलेबलिङ गरिरहेको अवस्थामा जफत गरिएको थियो ।

स्मरणीय छ, आयन डिस्ट्रिब्युटर विशाल ग्रुपको भगिनी वितरक संस्था हो ।

विभागको निर्णय

प्रकाशित समय ०९:२० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु