गृहपृष्ठ सानिमा बैंकका ग्राहकलाई सस्तो डिलबाट सामान किन्दा २५ प्रतिशत छुट
सानिमा बैंकका ग्राहकलाई सस्तो डिलबाट सामान किन्दा २५ प्रतिशत छुट
सानिमा बैंकले ‘बिग डिल एट सस्तो डिल’ नामक नयाँ योजना सार्वजनिक गरेको छ । बैंकले नेपालीहरुको मुख्य चाड वडादसैँको अवसर पारेर विभिन्न छुट सुविधा रहेको योजना सार्वजनिक गरेको हो ।
अनलाइन सपिङ पोर्टल सस्तो डिलसँगको सहकार्यमा सञ्चालितोयस योजनामा बैंकको मोबाइल बैंकिङ एप र सानिमा सजिलो ई-बैंकिङ प्रयोगकर्ताले क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा २५ प्रतिशत छुट वा अधिकतम २५ सय रुपैयाँसम्म क्यास ब्याक प्राप्त गर्न सकिनेछ ।
योजना अवधिभर सहभागी हुने ग्राहकलाई ‘फर्स्ट कम फर्स्ट सर्भ’का आधारमा छुट प्रदान गरिनेछ । यो योजना असोज २७ गतेदेखि कात्तिक १ गतेसम्म पाँच दिनका लागि लागू हुने बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
सानिमा बैंकले डेबिट तथा क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकलाई विभिन्न अस्पताल, सपिङ सेन्टर, होटल, रेस्टुराँलगायतमा पनि विशेष छुट सुविधा दिएको छ । हाल सानिमा बैंकका देशभर ८३ शाखा, १५ विस्तारित काउन्टर र ८१ वटा एटीएम काउन्टर सञ्चालनमा छन् ।
प्रकाशित समय १३:४४ बजे

















