गृहपृष्ठ सुनको मूल्य घट्यो, चाँदीको स्थिर
सुनको मूल्य घट्यो, चाँदीको स्थिर
आइतबार सुनको मूल्य घटेको छ । छापावाला सुनको मूल्य तोलामा दुई सय रुपैयाँले घटेर ९४ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
तेजाबी सुनको मूल्य पनि तोलामा दुई सय रुपैयाँले घटेर ९४ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ ।
महासंघका अनुसार चाँदीको मूल्य भने स्थिर रही प्रतितोला १२ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रकाशित समय ११:४५ बजे

















