गृहपृष्ठ इन्भेष्टमेण्ट बैंकको काउन्टर विस्तार, एकै पटक तीनवटा काउन्टर उद्घाटन
इन्भेष्टमेण्ट बैंकको काउन्टर विस्तार, एकै पटक तीनवटा काउन्टर उद्घाटन
नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडले आफ्नो काउन्टर विस्तार गरेको छ । विस्तार गरिएको नयाँ एक्सटेन्सन काउन्टर शुकुलधोका, भक्तपुर र माच्छेगाउँ, चन्द्रगिरी नगरपालिकामा खोलेर आफ्नो कार्य विस्तार गरेको हो ।
शुकुलधोका एक्सटेन्सन काउन्टर एनआईबीएलका उपमहाप्रबन्धक विजेन्द्र सुवालले उद्घाटन गरेका थिए भने मच्छेगाउँ एक्सटेन्सन काउन्टरको संयुक्त रुपमा कार्यवाहक वडाध्यक्ष रामकृष्ण श्रेष्ठ र एनआईबीएल बागमती प्रदेश प्रमुख बरुन श्रेष्ठले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।
नयाँ विस्तार गरेका एक्सटेन्सन काउन्टरले स्थानीय मागलाई पूरा गर्न बैंकिङ सेवाहरू प्रदान गर्ने बैंकले जनाएको छ । ग्राहकहरूलाई वित्तीय पहुँच पु¥याउने र वित्तीय साक्षरता विस्तार गर्ने उद्देश्यसहित स्थानीय मागलाई पूरा गर्नेगरी बैंकिङ सेवा प्रदान गर्ने बताइएको छ ।
प्रकाशित समय १७:२३ बजे

















