गृहपृष्ठ एनआइसी एसिया लघुवित्त वित्तीय संस्थाको सञ्चालकमा विभोरकुमार अग्रवाल
एनआइसी एसिया लघुवित्त वित्तीय संस्थाको सञ्चालकमा विभोरकुमार अग्रवाल
एनआइसी एसिया लघुवित्त वित्तीय संस्थाको सञ्चालकको रुपमा विभोरकुमार अग्रवाललाई नियुक्त गरिएको छ ।
गत असोज २२ गते बसेको सञ्चालक समितिको ८४ औँ बैठकबाट विभोरकुमार अग्रवाललाई संस्थाको सञ्चालक नियुक्त गरेको हो । सञ्चालक विभोरकुमार अग्रवालले कातिक ४ गते कम्पनीका अध्यक्ष कपिल ढकालबाट अनुसूचि १ बमोजिमको पद तथा गोपनियताको शपथ ग्रहण गरी पदवहालीसमेत समालेका छन् ।
नवनियुक्त सञ्चालक अग्रवालको अनुभवबाट आगामी दिनमा संस्थाले आफ्नो उद्देश्य प्राप्तिमा उच्चतम प्रगति हासिल गर्ने विश्वास संस्थाले लिएको छ । त्यस्तै कार्तिक ४ बाटै लक्ष्मण चालिसेलाई यस संस्थाको प्रमुख कार्यकारी अधिकृतको रुपमा नियुक्त गरेको छ । निज चालिसे विगत १६ वर्षदेखि विभिन्न वाणिज्य बैकहरुको व्यवस्थापकीय पदमा कार्यरत छन् ।
१६ वर्ष अगाडि नेपाल बैंक लिमिटेडबाट बैकिंङ क्यारियर सुरु गरेका चालिसे २०६५ चैत ३ गते एनआइसी एसिया बैंकमा वरिष्ठ अधिकृतका रुपमा कार्य सुरु गरेका थिए । हाल उनी बैंकको वरिष्ठ प्रवन्धकको रुपमा कार्य गर्दै आएका छन् । चालिसेले व्यवस्थापन विषयमा प्रथम श्रेणीमा स्नातकोत्तर उपाधि हासिल गरेका हुन् । उनको अनुभवबाट संस्थाले आफ्नो उद्देश्य प्राप्तिमा उच्चतम व्यवसायिक प्रगति हासिल गर्ने विश्वाससमेत संस्थाले लिएको छ ।
प्रकाशित समय १२:४५ बजे

















