गृहपृष्ठ यती एअरलाइन्सको दसैँ अफर : जोडीलाई विदेश भ्रमणसम्मको अवसर
यती एअरलाइन्सको दसैँ अफर : जोडीलाई विदेश भ्रमणसम्मको अवसर
यती एयरलाइन्सले बडादसैँको अवसरमा यात्रुका लागि आकर्षक अफर ल्याएको छ । एयरलाइन्सको सम्पूर्ण गन्तव्यमा उडान गर्ने यात्रुमध्येबाट पाँज भाग्यशाली विजेतालाई विभिन्न आकर्षक उपहारको व्यवस्था गरिएको हो । त्यस्तै ‘लक्की ड्र’मार्फत पहिलो हुने विजेता एक जोडीलाई हिमालयन एयरलाइन्सको काठमाडौं‑अबुधावी‑काठमाडौँको दुईतर्फी फ्रि टिकट प्राप्त हुनेछ ।
दोस्रो विजेता एक जोडीका लागि चितवनको कसरा होटलमा, तेस्रो विजेता एक जोडीका लागि काठमाडौंको गोकर्ण फरेस्ट रिसोर्टमा र चौथो विजेता एक जोडीका लागि नोम्याड होटलमा एक रात निःशुल्क बस्ने र खाने व्यवस्था गरिएको एयरलाइन्सका प्रमुख सुरक्षा अधिकृत एवं प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए । २२औँ वार्षिकोत्सव मनाउने क्रममा एयरलाइन्सले विभिन्न आकर्षक अफर घोषणा गर्दै आएको छ ।
प्रकाशित समय १८:५६ बजे

















