गृहपृष्ठ कांग्रेस केन्द्रीय कार्यसमिति बैठक कात्तिक २१ गते बस्दै
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक कात्तिक २१ गते बस्दै
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक कात्तिक २१ गते बस्ने भएको छ । पार्टीको १४औँ महाधिवेशनको तयारीका लागि बैठक बस्न लागेको हो ।
पार्टीको केन्द्रीय कार्यालय, बिपी स्मृति भवन ललितपुरमा बस्ने बैठकका लागि कांग्रेसले केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्य र आमन्त्रित केन्द्रीय सदस्यलाई अनिवार्य उपस्थितिका लागि निर्देशन दिएको छ ।
प्रकाशित समय १३:०७ बजे
















