गृहपृष्ठ सन् २०२० मा श्रीलंकाको कुल गार्हस्थ उत्पादनमा १.७ प्रतिशत संकुचनको प्रक्षेपण
सन् २०२० मा श्रीलंकाको कुल गार्हस्थ उत्पादनमा १.७ प्रतिशत संकुचनको प्रक्षेपण
श्रीलंकाको केन्द्रीय बैंक (सीबीएसएल) ले राज्यको कुल गार्हस्थ उत्पादनमा १.७ प्रतिशतले संकुचन आउने प्रक्षेपण आइतबार गरेको छ ।
सीबीएसएलले सन् २०२० का पछिल्ला आर्थिक विकासक्रमलाई प्रकाश पार्दै सन् २०२१ को आर्थिक सम्भावनालाई प्रस्तुत गरेको हो । उक्त प्रक्षेपणले सन् २०२० को कुल गार्हस्थ उत्पादनमा १.७ प्रतिशतको संकुचन आउने तर यो सन् २०२० सम्ममा पाँच प्रतिशतले बढ्ने बताएको छ ।
कोभिड–१९ का कारण थला परेको अर्थतन्त्रलाई ठूलो मात्रामा आर्थिक सुधारका लागि नीतिगत तथा मौद्रिक खुलापनका साथै सुविधाजन्य ऋण तथा धितो कार्यक्रमले उकास्ने केन्द्रीय बैंकले बताएको छ । प्रतिकूल अनुमानबीचमा सरकारले आफ्ना सबै सेवा दायित्वहरू पूरा गरेको छ जसमा अक्टोबर २०२० को शुरुमा परिपक्व अन्तर्राष्ट्रिय सार्वभौम बन्धन (आईएसबी) को मिलावट समावेश छ ।
‘स्थानीय र विश्वव्यापी रूपमा कोभिड–१९ नियन्त्रण गर्न लिएको सफलताको गति र आन्तरिक आर्थिक सुधारको परिमाण र आगामी अवधिमा पुनरुद्धार निर्धारण गर्न महत्वपूर्ण रहेको छ,’ सीबीएसएलले बताएको छ । (एजेन्सी)
प्रकाशित समय १०:११ बजे

















