गृहपृष्ठ सुनको मूल्य स्थिर
सुनको मूल्य स्थिर
सोमबार सुनको मूल्य स्थिर रहेको छ । आइतबार प्रतितोला ९५ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य सोमबार पनि सोही मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार तेजावी सुनको मूल्य पनि यथावत् छ । आइतबार छापावाल सुन प्रतितोला ९४ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
सोमबार चाँदीको मूल्यमा भने सामान्य वृद्धि भएको छ । आइतबार प्रतितोला १ हजार १९५ रुपैयाँमा कारोबार भएको चाँदी आज १० रुपैयाँले वृद्धि भई १ हजार १०५ रुपैयाँ कायम भएको महासंघले जानकारी दिएको छ ।
प्रकाशित समय ११:२१ बजे

















