गृहपृष्ठ २० अर्ब बराबरको विकास ऋणपत्र बिक्री गर्दै केन्द्रीय बैंक

२० अर्ब बराबरको विकास ऋणपत्र बिक्री गर्दै केन्द्रीय बैंक

Nepal-Rastra-Bank-newskarobar

नेपाल राष्ट्र बैंकले यही कात्तिक १९ गते २० अर्ब रूपैयाँ बराबरको ‘विकास ऋणपत्र २०८७ घ’ बिक्री गर्ने भएको छ । नेपाल सरकारको तर्फबाट नेपाल राष्ट्र बैंकले बोलकबोल प्रक्रियाबाट उक्त ऋणपत्र बिक्री गर्न लागेको हो । व्याजदरसमेत बोलकबोल प्रक्रियाबाट निर्धारण हुने केन्द्रीय बैंकले आज जारी गरेको सूचनामा उल्लेख छ ।

बैंक तथा वित्तीय संस्था, गैर बैंक, वित्तीय संस्था, बीमा कम्पनी, सङ्गठित संस्था तथा नेपाली नागरिकले समेत उक्त ऋणपत्र खरिद गर्न सक्नेछन् । उक्त ऋणपत्र धितो राखी कर्जा लिन वा दिन पाइनेछ । ऋणपत्रको ब्याज भुक्तानी अर्धवार्षिकरुपमा हुने र आर्जित व्याजमा समेत व्याजकर लाग्ने सूचनामा उल्लेख छ ।

इच्छुक खरिदकर्ता प्रतिस्पर्धी वा अप्रतिस्पर्धीका रुपमा सहभागी हुनसक्नेछ भने प्रतिस्पर्धी र अप्रतिस्पर्धीबीच बोलकबोल प्रक्रियामा क्रमशः ८५ र १५ प्रतिशत गरी छुट्याइएको छ । प्रतिस्पर्धीलाई १७ अर्ब रूपैयाँ र अप्रतिस्पर्धीलाई रु तीन अर्ब छुट्याइएको छ । घटीमा ५० हजार रूपैयाँ र बढीमा कुल निष्काशित रकमको सीमामा नबढाइ ५० हजार रूपैयाँले भाग गर्दा निशेषः भाग जाने अंकमा खरिद गर्न पाउने सीमा निर्धारण गरिएको छ । केन्द्रीय बैंकबाट इजाजत प्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले प्रतिस्पर्धीका रुपमा सहभागी हुन पाउनेछन् ।

इच्छुक बोलकबोलवालाले बहुव्याजदरमा समेत बोल गर्नसक्ने व्यवस्था गरिएको छ । ऋणपत्रको कारोवार दोस्रो बजार कारोवारमार्फत नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमार्फत हुनेछ ।

प्रकाशित समय १७:१४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु