गृहपृष्ठ एकैदिन १ हजार रुपैयाँ बढ्यो सुनको मूल्य
एकैदिन १ हजार रुपैयाँ बढ्यो सुनको मूल्य
सुनको मूल्य एकैदिन एक हजार रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला ९६ हजार २ सय रुपैयाँमा कारोबर भएको सुन छापावाल सुनका लागि शुक्रबार ९७ हजार २ सय रुपैयाँमा मूल्य तोकिएको हो ।
शुक्रबार चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य ४५ रुपैयाँ बढेर प्रतितोला १ हजार २५५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
प्रकाशित समय ११:१३ बजे

















