गृहपृष्ठ ओलीलाई भेट्नुअघि प्रचण्डको अध्यक्षतामा आज पनि नेकपा सचिवालय बैठक सुरु

ओलीलाई भेट्नुअघि प्रचण्डको अध्यक्षतामा आज पनि नेकपा सचिवालय बैठक सुरु

nekapa-building_newskarobar

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय अनौपचारिक बैठक पार्टी कार्यालय धुम्बाराहीमा सुरु भएको छ । पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा सुरु बैठकमा वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव कुमार नेपाल, उपाध्यक्ष बामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ सहभागी छन् ।

यसअघि शुक्रबार पनि प्रचण्डकाे अध्यक्षतामा सचिवालय बैठक बसेकाे थियाे । हिजाेकाे बैठकमा पनि अर्का अध्यक्ष ओली, महासचिव विष्णु पौडेल, सचिवालय सदस्यद्वय ईश्वर पोखरेल र रामबहादुर थापा सहभागी थिएनन् । शुक्रबारको बैठकपछि अध्यक्ष ओलीले ‘पार्टी फुटको बिन्दु त्यहीबाट सुरू हुने’ प्रतिक्रिया दिएका छन् ।

आजको बैठकमा पार्टी एकताका लागि अन्तिम प्रयास गर्नेगरी एजेण्डा तय गर्ने एक सचिवालय सदस्यले बताएका छन् । बैठकपछि प्रचण्डसहितका नेताहरु ओलीलाई भेट्न बालुवाटार जाने भएका छन् । भेटमा अ‍ोलीलाई बैठकका लागि आग्रह गरिने ती सचिवालय सदस्यको भनाइ छ ।

प्रधानमन्त्री ओलीले पार्टी बैठक नबस्ने र बैठकले कुनै निर्णय गरेमा पार्टी विभाजन हुने चेतावनी दिँदै आएका छन् । उनले आफू निकटसँग अध्यादेश ल्याएर पार्टी विभाजन गर्ने वा अन्य कुनै कदम चाल्ने भन्ने विषयमा निरन्तर परामर्श गरिरहेकाे प्रचण्डपक्षीय नेताहरूको आरोप छ ।

नेकपामा स्थायी कमिटी बैठकको निर्णय कार्यान्वयन नभएको मात्र नभएर कर्णाली प्रकरण, पर्सा घटना, मन्त्रिपरिषद्को बिस्तार तथा हेरफेर, राजदूत नियुक्ति र प्रधानमन्त्री ओलीले भारतीय गुप्तचर निकाय रअका प्रमुखसँग कुटनीतिक मर्यादाविपरित गरेको भेटले विवाद उत्कर्षमा छ ।

प्रकाशित समय ११:३० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु