गृहपृष्ठ महालक्ष्मी विकास बैंक र एसआरएल डायगनोस्टिकबीच सम्झौता

महालक्ष्मी विकास बैंक र एसआरएल डायगनोस्टिकबीच सम्झौता

महालक्ष्मी विकास बैंकले आफ्ना ग्राहकहरुका लागि गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले एसआरएल डायगनोस्टिक (नेपाल) प्रा.लि.सँग २०७७ कार्तिक २३ गते आइतबार एक सम्झौता गरेको छ । उक्त सम्झौता पत्रमा बैंकका तर्फबाट महाराजगञ्ज शाखाका प्रमुख पल्लभ श्रेष्ठ र कम्पनीका तर्फबाट नायबबजार प्रमुख अजय यादवले हस्ताक्षर गरेका हुन् ।

सम्झौताअनुसार बैंकका डेबिट कार्ड प्रयोग गर्ने ग्राहकहरु तथा कर्मचारीहरुले एसआरएल डायगनोस्टिक (नेपाल) प्रालिमा उपचार गराउँदा प्रयोगशाला परीक्षणमा छुट प्राप्त गर्न सक्नेछन् । सम्झौताअनुसार बैंकका डेबिट कार्ड प्रयोग गर्ने ग्राहकहरु साथै कर्मचारीहरुले प्रयोगशालाका सम्पूर्ण परीक्षणमा १५% आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।

प्रकाशित समय ११:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु