गृहपृष्ठ भन्सार विभागको चार महिने व्यापार तथ्यांक : घट्यो आयात, बढ्यो निर्यात

भन्सार विभागको चार महिने व्यापार तथ्यांक : घट्यो आयात, बढ्यो निर्यात

चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो चार महिनामा विदेशी वस्तुको आयातमा कमी आउँदा निर्यातमा भने वृद्धि भएको छ । भन्सार विभागले सार्वजनिक गरेको चार महिनाको तथ्यांकअनुसार १० प्रतिशत आयातमा कमी आउँदा १० प्रतिशतले नै निर्यातमा वृद्धि भएको हो ।

भन्सार विभागको तथ्यांकमध्ये चालू आवको पहिलो चार महिनाको अवधिमा चार खर्ब दुई अर्ब रूपैयाँको विदेशी वस्तुको आयात भएको छ । यो गत आवको सोही अवधिको तुलनामा १० दशमलव ६२ प्रतिशतले कमी हो । यसैगरी चार महिनाको अवधिमा ४० अर्ब २० करोडको वस्तु निर्यात भएको छ । यो गत आवको यसै अवधिको तुलनामा १०.८१ प्रतिशतले बढी हो ।

तथ्यांकअनुसार चार महिनाको अवधिमा चार खर्ब ४२ अर्ब ६९ करोडको वैदेशिक व्यापारबाट नेपालले तीन अर्ब ६२ करोड घाटा बेहोरेको छ । यो अघिल्लो आवको यसै अवधिको तुलनामा १२.४९ प्रतिशत गिरावट हो । गत आवको सोही अवधिमा चार खर्ब ८६ अर्ब ५७ करोड बराबरको वैदेशिक व्यापार हुँदा चार खर्ब १४ अर्ब रुपैयाँ बराबरको व्यापार घाटा थियो ।

गत आर्थिक वर्षको चैतदेखि घट्दो क्रममा रहेको नेपालको आयात व्यापार असोजमा एकै महिनामा एक खर्ब १३ अर्बको वस्तु आयात भएकोमा कात्तिक महिनामा पुन: घटेको भन्सारले जनाएको छ । (रासस)

प्रकाशित समय १३:३२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु